१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका संखुवासभा
२o८२ बैशाख ११ बिहीबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले मकालु र भोटखोलामा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १४:२२:oo

उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका– ३ धर्मद्वारस्थित खाँदबारी–किमाथांका खण्ड अवरुद्ध भएको हो ।

बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी–किमाथांका खण्डअन्तर्गत मकालु– ३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु ३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् ।