Skip This
कतार एयरवेजलाई भैरहवा र पोखरा उडान गर्न आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार १o:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कतार एयरवेजलाई भैरहवा र पोखरा उडान गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १o:o५:oo

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले कतारलाई सीधा उडानमार्फत नेपालको भैरहवा र पोखरा सहरसँग जोड्न आग्रह गरेका छन् । कतार सिभिल एभिएसन अथोरिटी (क्युसिएए)का अध्यक्ष मोहम्मद बिन फलेह अल हजरीसँग मंगलबार भएको भेटवार्तामा उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा कतार एयरवेजमार्फत व्यावसायिक उडान सुरु गर्न आग्रह गरेका हुन् । 

कतार एयरवेज भैरहवा र पोखरा दुवै विमानस्थलमा व्यावसायिक उडान गर्न तयार देखिँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) स्तरोन्नतिका लागि १० घण्टा बन्द गरेपछि आधा उडान कटौती भएर कतारले पहिल्यै टिकट बुकिङ गरिसकेका यात्रु ओसार्न २७ कात्तिकदेखि १५ मंसिरसम्म भैरहवामा टच डाउन (कतार–भैरहवा–काठमाडौं–कतार) उडान गरेको थियो ।

त्रिभुवन विमानस्थलको उडान आवर २१ घण्टाबाट १४ घण्टामा झरेपछि दैनिक चारवटा उडान गर्दै आएको कतारले दुईवटा मात्र उडान गर्न अनुमति पाएको थियो । दुईपक्षीय भेटवार्तामा हजरीले त्रिभुवन विमानस्थलमा कतार एयरवेजको २८ वटा नियमित उडान पुनः सुरु गर्न जोड दिएको बताइएको छ ।