Skip This
प्रेमिकालाई चीनको डान्सबारमा लगेर बिक्री गर्ने युवक पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १० बुधबार १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार

प्रेमिकालाई चीनको डान्सबारमा लगेर बिक्री गर्ने युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १६:२५:oo

आफ्नै प्रेमिकालाई चीनमा लगेर डान्सबारमा बिक्री गर्ने युवक पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले ओखलढुंगा चम्पादेवी गाउँपालिका– १ घर भएका आशिष नेपालीलाई पक्राउ गरेको हो। 

एक युवतीसँग प्रेम सम्बन्धको नाटक गरी ०७० को ११ फागुनमा उनले खासाबजारको छिरिङ डान्सबारमा लगेर बिक्री गरेका थिए। ती युवतीलाई १९ हजारमा बिक्री भएको थियो। 

त्यहाँबाट भागेर पाँच महिनापछि युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्। ११ वर्षपछि आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ब्युरोका एसपी नरेन्द्र कुँवरले बताए।