Skip This
कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १० बुधबार १६:४o:oo
Read Time : < 1 मिनेट
समाचार

कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १६:४o:oo

आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया लगेर साइबर दास बनाउने गिरोहका एजेन्ट पक्राउ परेका छन्। कैलालीको टीकापुर– २ स्थायी घर भई काठमाडौं रातोपुल बस्ने २२ वर्षीय सन्देश शाही पक्राउ परेका हुन्। 

उनले एक युवकलाई मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुने भन्दै प्रलोभनमा पारेर गत १६ माघमा भारतबाट मलेसिया हुँदै कम्बोडिया लगेका थिए। । त्यहाँ चिनियाँ गिरोहले सञ्चालन गरेको अवैध कम्पनीमा बन्धक बनाई अनलाइन ठगीमा लगाइएको पीडितले बताएका छन्। दैनिक १५ घण्टासम्म काममा लगाएर साइबर दास बनाएपछि पीडितले एजेन्टविरुद्ध उजुरी गरेका हुन्। उनीविरुद्ध मानव बेचबिखनको कसुरमा अनुसन्धान थालिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी नरेन्द्र कुँवरले बताए। 

कम्बोडिया र म्यानमारका यस्ता अवैध कम्पनीमा सयौँ नेपालीलाई लगेर बन्धक बनाई श्रम शोषणमा लगाइएको प्रहरीले जनाएको छ।