Skip This
बलान खोलाकिनारमा बन्यो मलामी घर 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
२o८२ बैशाख १० बुधबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार

बलान खोलाकिनारमा बन्यो मलामी घर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार २o:४४:oo

सिराहाको लहान नगरपालिका–१६, तरेगनास्थित बलान खोलाकिनारमा मलामी बस्ने घर निर्माण भएको छ। शवको दाहसंकार भइन्जेल मलामीहरू बस्न सकून् भनेर मलामी घर निर्माण भएको हो। 

संघीय सरकारको ससर्त अनुदानअन्तर्गत २५ लाख लागतमा आर्यघाटसहित निर्माण भएको मलामी घरको बुधबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी र १६ नम्बर वडाका वडाध्यक्ष गडुलबहादुर जर्घामगरले संयुक्त रूपमा उद्घाटन गरे। आर्यघाट निर्माण उपभोक्ता समितिले सम्झौता म्याद सकिन करिब डेढ महिनाअघि सम्पन्न गरेको हो। 

मलामी घर नहुँदा दाहसंस्कार अवधिभर खोलाको बगरमा बस्नैपर्ने मलामीले घाम, पानीको बेलामा भोग्दै आएको समस्या अन्त्य भएको वडाध्यक्ष मगरले बताए। बलान र झिरहरी खोलाको दोभानमा निर्माण गरिएको मलामी घरले छिमेकी सप्तरीको सुरुङ्गा नगरपालिका–२, रक्साहा गाउँबाट दाहसंस्कारमा आउने मलामीहरूलाई पनि सजिलो हुने उनले बताए।