Skip This
राजनीतिशास्त्री एवं विश्लेषक प्राडा लोकराज बराललाई ३ प्रश्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३ बुधबार o८:o६:oo
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिशास्त्री एवं विश्लेषक प्राडा लोकराज बराललाई ३ प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार o८:o६:oo

सत्ता घटकको ठुलो पार्टी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिलाई कसरी बुझ्ने ? 

गगन थापा नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा सरकारको काममा निगरानी गर्ने संयन्त्रका सदस्यसमेत हुन् । यस्तो व्यक्तिले दिएको अभिव्यक्तिलाई केवल हल्काफुल्का रूपमा लिन सकिन्न । उनको भनाइमा सरकारप्रतिको आमजनगुनासो प्रतिबिम्बित भएको छ । जनतामा व्यापक असन्तुष्टि छ कि सरकार आफैले होइन, बिचौलियाले चलाइरहेका छन् । थापाको भनाइलाई पार्टीको औपचारिक धारणा नभए पनि ‘सरकारको गलत कार्यको दोष पार्टीले लिन्न’ भन्ने सन्देश दिन खोजिएको बुझिन्छ । 

गगन थापाजस्ता प्रभावशाली नेता र सरकार चलाउने राजनीतिक संयन्त्रका नेताले सरकारलाई सार्वजनिक रूपमा आलोचना गर्नु राजनीतिक परिदृश्यमा गम्भीर विषय बन्नुपर्ने होइन र ?

यसलाई सरकार परिवर्तनको संकेतका रूपमा हेर्न सकिन्छ । सत्तारूढ दलकै प्रभावशाली नेताले सार्वजनिक रूपमा सरकारको आलोचना गर्नु सामान्य विषय होइन । सामान्य अवस्थामा यस्तो अभिव्यक्तिले सरकारको स्थायित्वप्रति प्रश्न उठाउँथ्यो । तर, नेपाली सन्दर्भमा गम्भीर देखिँदैन । अघि भनेझैँ गगन थापाले पार्टीले सरकारी अकर्मण्यताको जस लिँदैन भन्ने देखाउन अभिव्यक्ति दिएका हुन् । जहाँसम्म सरकार परिवर्तनको कुरो छ, त्यसको निर्णय अख्तियारी अझै पनि पार्टी सभापति देउवामै छ । अर्को कुरो गगन थापा तुरुन्तै प्रधानमन्त्री बन्ने सम्भावना पनि छैन । साँच्चै सरकार परिवर्तन र जनताका असन्तुष्टि नै सम्बोधन गर्ने हो भने महामन्त्रीको प्रश्न निर्णायक शक्ति भएका पार्टी सभापति देउवातर्फ नै तेर्सिन्थ्यो, जुन देखिँदैन । यस अर्थमा गगन थापाको अभिव्यक्तिको खासै ठुलो अर्थ छैन । 

त्यसो भए अहिलेलाई शेरबहादुर देउवा तुरुन्तै सरकार परिवर्तन गर्नतर्फ लाग्दैनन् भन्न सकिन्छ त ? 

नेपाली राजनीतिका शीर्ष दुई–तीनजना नेता जनताको कसीमा परिसकेका भएर सरकारको नेतृत्व जसले लिए पनि खासै फरक पर्ने देखिँदैन । सरकार तुरुन्तै परिवर्तन हुने देखिँदैन, किनभने सत्ता गठबन्धनबिचको समझदारी यथावत् नै देखिन्छ ।