
कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलोपटक ललितकला मेला- २०८२ आयोजना गरेको छ ।
नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानले नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘ललितकला मेला– २०८२’ आयोजना गरेको हो । मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । मेलाले कलालाई आर्थिक, पर्यटकीय तथा सामाजिक रूपान्तरणसँग जोड्न मद्धत पुग्ने प्रतिष्ठानले जनाएको छ ।
मेलामा कलाका विषयमा कार्यशाला, गोष्ठी तथा अन्तर्क्रियासमेत आयोजना भइरहेको छ । मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि यस मेला गरिएको प्रतिष्ठानले जनाएको छ । पैँतालीसभन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्नेछ ।