Skip This
खैरो हेरोइनसहित दुई युवा पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
२o८२ बैशाख ३ बुधबार १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खैरो हेरोइनसहित दुई युवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १४:o४:oo

कैलालीमा लागूऔषध खैरो हेराइनसहित दुई युवा पक्राउ परेका छन् । फरकफरक ठाउँबाट पक्राउ परेका उनीहरुको साथबाट पाँच ग्राम नौ सय ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लम्कीचुहा नगरपालिका–७, का २५ वर्षीय अजय चौधरीलाई धनगढी उपमहानगरपालिका–३, बोराडाँडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए । चेकजाँच गर्दा उनको साथबाट चार ग्राम छ सय मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिका–५, बस्ने १८ वर्षीय योगेश जोशी एक ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई गोदावरी–२, बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।