Skip This
नेपालको लगातार तेस्रो जित, विश्वकप यात्रा सहज बन्दै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
रमेश सुवेदी काठमाडौं
२o८२ बैशाख ३ बुधबार १३:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको लगातार तेस्रो जित, विश्वकप यात्रा सहज बन्दै

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १३:४६:oo

नेपालले यू– १९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित  निकालेको छ। बुधबार भएको खेलमा नेपालले हङकङलाई नाै विकेटले हराएको छ। टस हारेर ब्याटिङ गरेको हङकङले ४६.२ ओभरमा अल आउट हुँदा मात्र ११६ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको थियो। 

यसअघि नेपालले युएईलाई डिएलएस पद्धतिमा पाँच रन र ओमानलाई आठ विकेटले हराएको थियो । अब, विश्वकप २०२६ मा स्थान बनाउन नेपाल र अफगानिस्तानबिच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने खेलमा विजयी हुने टिम जिम्बाबे र नामिबियामा हुने विश्वकपमा स्थान बनाउनेछन्। योसँगै युएई र हङकङको सम्भावना सकिएको छ । अफगानिस्तानसँग पराजित भए ओमानको पनि सम्भावना सकिनेछ। 

नेपालको जितमा साहिल पटेलले ४१ बलमा आठ चौकासहित अविजित ४२ रन बनाए । कप्तान नरेन भट्टले अविजित ३९ रन बनाएका हुन्। उनले २३ बलमा आठ चौका प्रहार गरेका थिए ।  निरज कुमारले यादव १२ बलमा चार चौकासहित २३ रनको योगदान गरेका हुन्। 

यसअघि हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाए । उनले ११६ बलमा चार चौका र एक छक्का हिर्काएका हुन्। अन्य ब्याटरले ठुलो स्कोर बनाउन सकेनन्। नेपालका युवराज खत्रीले १० ओभरमा चार विकेट हात पारे । विपिन शर्माले ६.२ ओभरमा तीन विकेट हात पारेका थिए। सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिएका थिए ।