Skip This
‘अक्षर समूह’को अध्यक्षमा सापकोटा चयन 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
२o८२ बैशाख ३ बुधबार १३:३९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘अक्षर समूह’को अध्यक्षमा सापकोटा चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १३:३९:oo

अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन भएका छन् । मंगलबार द नारायणी रिसोर्ट गैँडाकोटमा आयोजित समूहको सातौँ अधिवेशनबाट सापकोटालाई अध्यक्ष पदमा चयन गरिएको निवर्तमान अध्यक्ष रमेश प्रभातले जानकारी दिए ।

गैँडाकोट घर भएका सापकोटा सम्पूर्ण किताब नारायणगढका सञ्चालक हुन् । कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध–निर्देशक रहेका सापकोटा पत्रकारिता, साहित्य सेवा र सिर्जनामा सक्रिय छन् । सापकोटा अघिल्लो कार्यकाल यसै संस्थामा सचिव पदमा थिए ।

सातौँ अधिवेशनले सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जसअन्तर्गत सूर्यप्रकाश कँडेल उपाध्यक्ष, विनोदबाबु रिजाल सचिव, गायत्री अधिकारी कोषाध्यक्ष र सामना पहाड सहसचिव छन् । समितिको सदस्यहरूमा उपेन्द्र त्रिपाठी, प्रकाश थापा प्रथा, विद्या भण्डारी चिराग, आकाश पौडेल, अञ्जान प्रदीप र गीता पौडेल ढकाल चयन भएका छन् ।

मंगलबार साँझ गैँडाकोटमा बसेको समितिको पहिलो बैठकले भूपिन, रमेश प्रभात, ईश्वर कँडेल र प्रभाकर पण्डितलाई सल्लाहकारमा मनोनयन गरेको छ । ०६२ सालमा भूपिनको नेतृत्वमा स्थापित अक्षर समूहले पर्खालमा कला, समयको मेचमाथि भूपि शेरचन, पाठकको अदालतमा लेखक, विश्व कविता दिवस, अक्षर वृत्त र एक कविका एक दर्जन कवितालगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

नयाँ कार्यसमितिले पहिलो कार्यक्रमस्वरूप यही वैशाख महिनामा ‘अक्षर वृत्त’ कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए । ‘यो कार्यक्रममा सहभागीले आफूले पढेको पछिल्लो पुस्तकको टिप्पणी राख्नेछन् । कार्यक्रम यसै महिनामा भरतपुरमा हुनेछ,’ सापकोटाले भने ।