
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ :०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।