Skip This
नगरकोटको मिस्टिक माउन्टेन होटेलमा भएको दुर्घटनामा टिपरचालकको मृत्यु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८१ चैत ३१ आइतबार १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार

नगरकोटको मिस्टिक माउन्टेन होटेलमा भएको दुर्घटनामा टिपरचालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १९:३७:oo

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२, नगरकोट, ठकुरीगाउँमा आइतबार बिहान भएको दुर्घटनामा चालकको मृत्यु भएको छ। मिस्टिक माउन्टेन होटेलको कम्पाउन्डमा बा २ क ३४६४ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका डिएसपी मीनबहादुर घलेले बताए। 

दुर्घटनामा मण्डनदेउपुर– २ घर भएका चालक ३१ वर्षीय विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको हो। होटेलको थप भवन निर्माणको क्रममा सामान ओसार्न लगिएको टिपर दुर्घटनामा परेको हो। दुर्घटनापछि क्षतिपीर्ति माग्दै मृतकका परिवारले शव उठाएका थिएनन्। दिउँसो अबेर सहमति भएपछि शव उठाएका छन्।