
प्रभु क्यापिटलले नयाँ वर्ष ०८२ का लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृत तिथिमिति, सार्वजनिक बिदा, विविध चाडपर्व तथा संस्कृति झल्किने तस्बिरका साथै क्यापिटलले आफ्नो सेवा–सुविधासमेत क्यालेन्डरमा समेटेको जनाएको छ ।
क्यालेन्डरमा क्यापिटलले दिने सेवाबारे ग्राहकलाई सजिलै जानकारी दिनुका साथै लगानी तथा वित्तीय साक्षरतासम्बन्धी सन्देश पनि समेटिएको छ । उक्त क्यालेन्डर वेबसाइटमार्फत डाउनलोड गर्न सकिनेछ । मर्चेन्टसम्बन्धी विभिन्न सेवा–सुविधा दिँदै आइरहेको क्यापिटलले कर्पोरेट कार्यालय तथा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ ।
त्यस्तै, ग्राहकले अनलाइनमार्फत समेत डिम्याट तथा पिएमएसको सेवा लिन सक्नेछन् । क्यापिटलले हालमा लगानीका नयाँ प्रडक्टहरू एसआइएफ, कर्पोरेट एडभाइजरी तथा एसआइपी थपेको जनाएको छ । वित्तीय सचेतना अभिवृद्धि गर्न सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको छ ।