
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ। गृहमन्त्री रमेश लेखकका अनुसार बैठकमा समसामयिक विषयमा छलफल भएको छ।
बैठकपछि मन्त्री लेखकले भने, ‘आजको बैठक नियमित बैठक हो, समसामयिक विषयमा छलफल भयो, हाम्राबिचमा कुनै समस्या छैन, बाहिर जुन ढंगले कुरा आइरहेको छ, सरकारमा केही समस्या भयो कि, दुई दलमा केही समस्या भयो कि भन्ने कुरा छ, त्यस्तो खालको कुनै समस्या छैन, दुई दलका नेतासहित हामी बसेका छौँ।’
पछिल्लो समय कांग्रेसकै नेताहरूले सरकारको आलोचना गरिरहेका वेला संयन्त्रको बैठक बसेको हो। संयन्त्रका सदस्य रहेका कांग्रेस महामन्त्री गगन थापा भने सहभागी थिएनन्।