१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार २१:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद

ललितपुर र झापाको खेल बराबरीमा सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार २१:४२:oo

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको ललितपुर सिटी एफसी र झापा एफसीबिचको खेल बराबरीमा सकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ को बराबरीमा खेलेका हुन्। यस खेलसँगै ६ खेलमा १२ अंक जोडेको ललितपुर शीर्ष स्थानमा उक्लिएको छ। जितविहीन बनेको झापाले समान खेलबाट पाँच अंकका साथ छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ।

ललितपुरले अब क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ। ललितपुरका लागि नवीन लामा र झापाका लागि कप्तान लाकेन लिम्बूले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको हो। खेलको ५४औँ मिनेटमा नवीनको गोलमार्फत ललितपुरले पहिलो अग्रता लिएको लियो। 

त्यसपछि खेल ६५औँ मिनेटमा लाकेन लिम्बूले गोल गर्दै झापालाई बराबरीमा ल्याए। भोलि चितवन र धनगढीबिच प्रतिस्पर्धा हुनेछ।