
गत आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ । गत आइतबार प्रतितोला रु. एक लाख ८६ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा रु. एक हजार सात सयले घटेर रु. एक लाख ८४ हजार तीन सयमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी तोलामा रु. १५ घटेर एक हजार ९४५ मा खरिद–बिक्री भइरहेकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।