Skip This
ट्रम्पले युक्रेनलाई गरेको विश्वासघातले निम्त्याउने परिणाम
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Wednesday, 16 April, 2025
२o८२ बैशाख २ मंगलबार o९:o५:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्पले युक्रेनलाई गरेको विश्वासघातले निम्त्याउने परिणाम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार o९:o५:oo

युक्रेनबाट सबै अमेरिकी सहायता फिर्ता लिने राष्ट्रपति डोनाल्ड ट्रम्पको रातारातको निर्णय केवल लापरबाही मात्र होइन, यो पूर्ण रूपमा विश्वासघात हो । यो कुनै रणनीतिक वा कूटनीतिक रूपमा दक्षतापूर्ण कार्य होइन । यो एउटा काँतरपूर्ण कदम हो, जसले भ्लादिमिर पुटिनलाई सजिलैसँग उनले चाहेको कुरा ठ्याक्कै दिन्छ । परिणामस्वरूप पहिले नै आफ्नो अस्तित्वका लागि लडिरहेको युक्रेन अब उसलाई आवश्यक पर्ने हतियार र गोलाबारुदविना नै संघर्ष गरिरहेको छ । यो विनाशकारी कदम भ्लोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणपछि आएको हो, जहाँ उनलाई ट्रम्प र उनका चाप्लुसी उपराष्ट्रपति जेडी भान्सले सुनियोजित रूपमा धम्की दिएका थिए । युक्रेनका लागि अमेरिकी समर्थन पहिले नै घटेको थियो, तर अब ट्रम्पले पूर्ण रूपमा ‘ब्रेक’ लगाएका छन् । 

युक्रेनलाई दिन लागिएका हतियार र महत्वपूर्ण उपकरण रद्द गरियो । युक्रेनको जीवनरेखा काटियो । अनि पुटिनलाई सन्देश दिए, अगाडि बढ्नुहोस्, अमेरिका युक्रेनको साथभन्दा बाहिर छ । स्पष्ट गरौँ– यो कूटनीति, रणनीति वा ‘अमेरिका पहिलो’ बारे होइन । यो ट्रम्पले आफ्नो मनपर्ने तानाशाहसँग मिलेर लोकतन्त्रलाई थिचोमिचो गर्नेबारे हो । युक्रेन त्याग्नु नीतिगत निर्णय होइन, यो एक राजनीतिक स्टन्ट हो । आफ्नो आधारलाई खुसी राख्न र पुटिनलाई मुस्कुराइरहन गरिएको हतास प्रयास हो ।

युक्रेन त्याग्नु ट्रम्पको नीतिगत निर्णय होइन, यो एक राजनीतिक स्टन्ट हो । पुटिनलाई खुसी राख्न गरिएको हतासको प्रयास हो । ट्रम्पले सिद्धान्तको सट्टा तुष्टीकरण रोजेका छन्, यसको मूल्य हजारौँले चुकाउनुपर्नेछ ।

ट्रम्पले सिद्धान्तको सट्टा असन्तुष्टि रोजेका छन् र हजारौँले यसको मूल्य चुकाउनुपर्नेछ । नतिजा, विनाशकारी । अमेरिका युक्रेनको सबैभन्दा महŒवपूर्ण सैन्य सारथिमध्ये एक थियो, गोलाबारुददेखि आधुनिक रक्षा प्रणालीसम्म सबै कुरा आपूर्ति गर्दै आएको थियो । त्यो सहयोग खोसिएपछि रुसी आक्रमणको प्रतिरोध गर्ने युक्रेनको क्षमतामा ठुलो चोट लाग्यो । परिणामले थप रक्तपात निम्त्याउनेछ । सयौँ नागरिक मर्नेछन् । भवन ढल्नेछन् । किनभने ट्रम्प एक तानाशाहसँग खेल्न चाहन्छन् ।र यसलाई लिएर केवल युक्रेनले मात्र ‘खतराको घण्टी’ बजाएको होइन । ट्रम्पका केही रिपब्लिकन सहयोगी पनि आक्रोशित छन् । प्रमुख रिपब्लिकन नेताले पुटिनलाई खुसी पार्न डेमोक्र्याट्स साथीलाई आफ्नो पिठ्युँ फर्काएकोमा ट्रम्पलाई प्रश्न गरिरहेका छन् । 

तर, के ट्रम्पको कार्यशैलीबाट हामी साँच्चै छक्क पर्नुपर्छ ? यी तिनै ट्रम्प हुन्, जसले आफ्नो पहिलो कार्यकालमा रुसी चुनावी हस्तक्षेपबारे आफ्नै गुप्तचर निकायको सट्टा पुटिनलाई विश्वास गरेका थिए । अब, उनी क्रेमलिनका लागि युक्रेनको रक्षालाई सक्रिय रूपमा बिथोलिरहेका छन् । यो केवल कायरता मात्र हो । युक्रेनलाई दिँदै आएको सहायता कटौती गर्नु पुटिनका लागि आफ्नो युद्ध बढाउने हरियो बत्तीको संकेत हो । यो मस्कोका लागि उपहार हो । केवल साधारण उपहार । अमेरिका केवल युक्रेनबाट पछि हटेको मात्र छैन । यो आफ्नो नैतिकतलाई तिलाञ्जली दिइरहेको छ । 

युक्रेनीहरू मरिरहेका वेला अमेरिकी राष्ट्रपति सार्वजनिक रूपमा ‘थ्यांक्यु नोट’ चाहन्छन् । आफ्नो अस्तित्वका लागि लडिरहेको देशलाई खुलेर समर्थन गर्नुको सट्टा ट्रम्प पर्याप्त श्रेय नपाएकोमा गुनासो गरिरहेका छन् । यो उचित नेतृत्व होइन । बरु अहंकारले प्रेरित पागलपन हो । सहायता रोक्ने ट्रम्पको निर्णय युक्रेनका लागि केवल विपत्ति मात्र होइन, यो अमेरिकाको विश्वव्यापी प्रतिष्ठामा दाग पनि हो ।

 लोकतान्त्रिक सहयोगीको सट्टा पुटिनको पक्ष लिएर उनले आफ्नो बफादारी कहाँ छ भनेर स्पष्ट पारेका छन् । उनको अहंकारका कारण हजारौँ युक्रेनीको ज्यान जानेछ । यसैबिच, के अमेरिका स्वतन्त्र संसारको अगुवाको रूपमा उभिएको छ ? छैन । त्यसैले वास्तविक प्रश्न यहाँ छ ः एक राष्ट्रपतिले तानाशाहलाई खुसी पार्न लोकतन्त्रलाई कमजोर पार्दा अमेरिका कहिलेसम्म चुप लागेर बस्नेछ ? पक्कै पनि यो युक्रेनबारे मात्र होइन, यो अमेरिका अझै पनि स्वतन्त्रता र आत्मनिर्णयको पक्षमा उभिएको छ कि छैन भन्नेबारे हो ।

ट्रम्पको लापरबाह कदमले रुसलाई हौसला दिइरहेको छ, विश्वव्यापी गठबन्धनलाई अस्थिर बनाउँदै छ र संसारलाई अझ खतरनाक ठाउँ बनाउँदै छ । अनि यी सबैमा सबैभन्दा ठुलो विजेता के भ्लादिमिर पुटिन हुन् ? इतिहासले यो विश्वासघातलाई सम्झनेछ । एउटै प्रश्न छ, के अमेरिकाले यसबारे केही गर्नेछ ?
(बेलायती समाचार संस्था मिररबाट)