Skip This
राजावादीको प्रदर्शनमा भएको क्षतिको बिमा दाबी पाँच करोडभन्दा माथि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ३१ आइतबार १o:३५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राजावादीको प्रदर्शनमा भएको क्षतिको बिमा दाबी पाँच करोडभन्दा माथि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १o:३५:oo

गत १५ चैतमा राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनका कारण भएको क्षतिबाट निर्जीवन बिमा कम्पनीहरूमा परेको दाबीको आकार पाँच करोड ४९ हजार रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्यांकले २६ चैतसम्म १२ निर्जीवन बिमा कम्पनीमा सो रकमबराबरका ५० वटा दाबी परेका हुन् । 

राजावादी समूहको आन्दोलनले तीनकुने र त्यसआसपासका क्षेत्रमा गरेको प्रदर्शनीमा दुईजनाको मृत्यु हुनुका साथै भौतिक रूपमा ठुलो क्षति भएको थियो । प्रदर्शनकारीले निजी घर र गाडीमा आगजानी गर्नेदेखि कोटेश्वरको भाटभाटेनी सुपुर मार्केटमा तोडफोड र चोरी गरेका थिए । यसैगरी, जडीबुटीस्थित नेपाल जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि आगलागी गरेका थिए ।  

तथ्यांकअनुसार हालसम्म इन्जिनियर तथा ठेकदार बिमाअन्तर्गत ३७ लाखबराबर तीनवटा दाबी परेका छन् । यसैगरी, निजी मोटर बिमाअन्तर्गत एक करोड ६ लाख ४५ हजार रुपैयाँबराबरका २२ वटा, सम्पत्ति बिमा (घरलगायत)अन्तर्गत तीन करोड १९ लाख ५२ हजार रुपैयाँबराबरका २१ वटा, सार्वजनिक मोटर बिमामा २७ लाख ५० हजार रुपैयाँबराबरका दुई र विविधअन्तर्गत १० लाख रुपैयाँबराबरका दुईवटा दाबी परेका छन् ।

तथ्यांकअनुसार रष्ट्रिय बिमा कम्पनीमा एक करोड २७ लाख रुपैयाँबराबरका दुई, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा एक करोड १७ लाख ९५ हजार रुपैयाँबराबरका नौ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख ४९ हजार रुपैयाँबराबरका सात, नेको इन्स्योरेन्समा ५२ लाख रुपैयाँबराबरका चार, दि–ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार रुपैयाँबराबरको एक र हिमालयन एभरेस्ट इन्स्योरेन्समा २२ लाख रुपैयाँबराबरका दुईवटा दाबी परेका छन् ।

यसैगरी, नेसनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँबराबरका ११, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १७ लाख ६० हजार रुपैयाँबराबरका ६, नेपाल इन्स्योरेन्समा आठ लाख ७१ हजार रुपैयाँबराबरको एक, सानिमा जिआइसी इन्स्योरेन्स ६ लाख रुपैयाँबराबरको एक, शिखर इन्स्योरेन्समा चार लाख ९८ हजार रुपैयाँबराबरका पाँच र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँबराबरको एउटा बिमा दाबी परेको छ । 

त्यसमा शिखर इन्स्योरेन्सले सबै दाबी भुक्तानी फस्र्योट गरिसकेको तथ्यांकमा उल्लेख छ । दाबी परेको केही दिनमै सबै दाबी भुक्तानी गर्नुलाई सकारात्मक रूपमा लिइएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । कम्पनीहरूमा थप दाबी पर्ने अनुमान पनि गरिएको छ । 

छुटाउनुभयो की ?