मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २५ सोमबार १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीनकुने घटना : एनी कुँवर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार १७:२o:oo

काठमाडौंको तीनकुनेमा चैत १५ गते राजवादीले गरेको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।

तीनकुने प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । टोलीले उनलाई ललितपुरबाट आज पक्राउ गरको हो । पत्रकार सुरेश रजक जलेको घरको भिडियोमा उनी देखिएकी थिइन् । उक्त घरमा आगजनी भएपछि मोडल तथा अभिनेत्रीसमेत रहेकी कुँवरले फेसबुकमा लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् ।

रजकले भिडियो खिचिरहेको वेला कुँवर ताला लगाएको रेलिङबाहिर भिडियोमा देखिएकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा कुँवरलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । एसपी जिसीका अनुसार कुँवरमाथि अनुसन्धान भइरहेको छ ।