
नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकारप्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेको छ । कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारप्रमुखबाटै पहल गरिदिन आग्रह गरेका हुन् ।
‘नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकारप्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।’
शिक्षा ऐन जारी गर्न माग गर्दै दुई महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्दै आएको छ।
सरकारले शिक्षकलाई औपचारिक रूपमा वार्तामा बोलायो । तर, महासंघले वार्ता अस्वीकार गर्यो । गत ०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने माग महासंघको छ ।