
सन् १९४८ : विश्व स्वास्थ्य संगठनको स्थापना । डब्लुएचओ विश्वव्यापी रोग र महामारीसँग लड्ने, राष्ट्रिय स्वास्थ्य सेवा निर्माण गर्ने र यसका सदस्य राष्ट्रमा स्वास्थ्य शिक्षा सुधार गर्ने संयुक्त राष्ट्रको एक निकाय हो ।
सन् १९६९ : इन्टरनेटको सुरुवात भयो । एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सी (एआरपिए)ले बिबिएन टेक्नोलोजीलाई अहिलेको वल्र्डवाइड वेबको पूर्ववर्ती बनाउन ठेक्का दियो । यस मितिलाई प्रतीकात्मक रूपमा इन्टरनेटको जन्मदिनको रूपमा मानिन्छ ।
सन् १९९० : फ्रान्समा निर्मित यात्रुवाहक पानीजहाज स्क्यान्डिनेभियन स्टारमा भएको आगजनीमा १५९ जनाको मृत्यु । सन् २०१३ को एक रिपोर्टअनुसार आगजनीमा कारिन्दा दलका नौ सदस्यको संलग्नता थियो । उनीहरूले आगो निभाउने प्रयासलाई विफल पारेका थिए । यो आगलागी अहिले पनि रहस्यमय नै छ ।
सन् १९९४ : रुवान्डाका प्रधानमन्त्री अगाथे उविलिंगिइमानाको हत्या । नरमपन्थी अगाथेलाई हुतु सैनिकले हत्या गरेका थिए ।
सन् २००१ : नासाले मार्स ओडिसी अन्तरिक्षयान प्रक्षेपण ग¥यो । अक्टोबरमा मंगलग्रहमा पुगेको उक्त यानले तस्बिर र अन्य डाटा पृथ्वीमा वैज्ञानिकलाई पठायो ।