मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नौ महिनासम्म गठबन्धन सरकारको औचित्य पुष्टि भएन : शेखर कोइराला

‘गभर्नर नियुक्तिमा पनि बिचौलियाहरु चलखेल गर्दैछन्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन सरकारको औचित्य पुष्टि गर्न नसकिएको टिप्पणी गरेका छन्।

आइतबार सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तक लोकार्पण कार्यक्रममा काेइरालाले संविधान संशोधन र सुशासनको प्रतिबद्धतासहित गठबन्धन सरकार बने पनि राजनीतिक परिस्थिति अत्यन्तै नाजुक रहेको बताएका हुन्।

‘अहिले देशको राजनीतिक परिस्थिति अत्यन्तै नाजुक छ। आर्थिक अवस्था मैले भनिरहनुपर्ने छैन, दिनानुदिन खराब हुँदै छ। बिचौलियाहरूको बिगबिगी भएको छ सबै ठाउँमा,’ उनले भने।

सुशासन दिने र भ्रष्टाचार न्यूनीकरण गर्ने आश्वासन दिएर सरकार बनाएको स्मरण गर्दै उनले नौ महिना बित्दा पनि सहमतिअनुसार काम गर्न नसकेको बताए। उनले भने, ‘यो सरकार बनाउँदा एउटा कल्पना गरिएको थियो, त्यो कल्पना हामीले अगाडि बढाउन सकेजस्तो देखिएन।’

गभर्नर नियुक्तिमा समेत बिचौलियाहरूले चलखेल गरिरहेका उल्लेख गर्दै काेइरालाले देशकै लागि यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिए। उनले भने, ‘हुँदाहुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि  बिचौलियाहरू चलखेल गर्दै छन् भन्ने कुरा आइरहेको छ। त्यसो हो भने सरकारको लगि त दुर्भाग्य हुन्छ नै, नेपालका लागि नै दुर्भाग्य हुन्छ। यो अत्यन्तै गम्भीर विषय हो। अर्थतन्त्रसँग यसरी मजाक गर्ने अधिकार कसैलाई पनि छैन।’