मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 April, 2025
रासस दाङ
Invalid date format १६:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

Read Time : > 1 मिनेट
रासस, दाङ
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

दाङ लमहीका युवराज पौडेल दुई वर्ष साउदी अरब बसेर २०७५ सालमा नेपाल फर्किए। यहाँ आएपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो । पानीको मात्रा धेरै भएको र माटो कम भएको साउदीमा खेती गरेर आत्मनिर्भर भएको देखेकाले नेपालमा पनि केही गरौँ भन्ने सोचाइ आएको उनले बताए।

नेपालमा कृषिमा सम्भावना देखेकाले परीक्षणका लागि उनले बगरमा तरभुजाखेती गरे। लमही नगरपालिका–६ ढिकपुरमा रहेको राप्ती नदीको बगरको १५ बिघा जमिन तरभुजाखेतीले हराभरा भएको छ। नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी बगरखेती सञ्चालन गरेको पौडेलले बताए।

उनी नेपालको जमिन बाँझो राखेर अर्काको भूमिमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा काम गर्न युवाहरुलाई सल्लाह दिन्छन्। युवा पलाएन रोकेर आफ्नो माटो हराभरा गरायो भने काम पनि हुने र आम्दानी पनि हुने उनको भनाइ छ। पाँचजना स्थानीयलाई कृषि फार्ममा रोजगारी दिएको र आफूले पनि खटेर काम गर्ने गरेको उनले बताए। लगानीकर्ता पनि कामदार पनि दुवै बनेर खेतीपातीलाई समय दिने गरेको उनले बताए।

सोही ठाउँका सुरज पाण्डे पनि विदेशबाट फर्केर तरभुजाखेतीमा लागेका छन्। उनी चार वर्ष दुबई बसेर फर्केर स्वदेशमै केही गर्नुपर्छ भनेर साथीहरुले सुरु गरेको तरभुजाखेतीमा जोडिएका छन्। फल दिँदै गरेका बिरुवाले हरियो भएको राप्तीको बगर लमहीमा रहेको उद्यमी बहुउद्देश्यीय सहकारीको व्यवस्थापनमा निजी कृषि फार्म तथा विभिन्न देशमा रोजगारी गरी फर्किएका युवाहरुको लागत साझेदारीमा देशकै नमूना चक्लाबन्दी खेती सञ्चालन गरेको उनले बताए।

लमहीमा रहेको उद्यमशील बहुउद्देश्यीय कृषि सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फर्मबाट तरभुजाखेती सुरु भएको सहकारीका सचिव विश्वप्रकाश अधिकारीले जानकारी दिए। ‘सहकारीले जग्गा खोज्ने काम गरेको थियो, स्थानीय युवाले खेती गर्ने सोचाइले जग्गाको माग गर्नुभयो र जग्गा उपलब्ध गराएको हो,’ उनले भने।

गर्मीको समयमा प्रशस्त फल्ने भएकाले दाङको हावापानीमा तरभुजा उत्पादन राम्रो हुने उनले बताए। प्रतिबिघा रु चार लाखदेखि पाँच लाख आम्दानी हुने आशा रहेको उनले सुनाए। मल्चिङ, खाल्डा खन्ने प्रविधि र लाइन बनाएर लगाउने तीन तरिकाले तरभुजा रोपण गरिएको छ। मल्चिङ प्रविधिबाट दाङमा खरभुजा खेती हुने गरेको छैन। यो नै पहिलो अभ्यास गरेको उनले बताए।

हरियो कला, ग्रेकल्दा, बाहिर हरियो, भित्र रातो, बाहिर हरियो, भित्र पहेँलो र बाहिर पहेँलो भित्र रातो गरी ६ जातको तरभुजा रोपिएको छ। छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै हुने भएकाले तरभुजाखेती गरेको उनले बताए। उत्पादन भएको तरभुजा घोराही, तुलसीपुर, लमही, भालुवाङ, बुटवललगायतका सहरमा बिक्री गर्ने तयारी रहेको उनले बताए। प्रदेश र स्थानीय सरकारले स्वदेशमै केही गर्न चाहने किसानलाई प्रोत्साहन गरेमा व्यवसायलाई निरन्तरता दिन सकिने उनको धारणा छ।