मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
Invalid date format १o:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक पेपले स्विकारे सिटीको कमजोर प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२९:oo
  • साबिक चारपटकको इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी चालू सिजनमा ४८ अंकका साथ पाँचौँ स्थानमा छ, नौ खेल बाँकी रहँदा शीर्ष स्थानको लिभरपुलसँग २२ अंकले पछाडि

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको लगातार चारपटकको विजेता हो । प्रशिक्षक पेप ग्वार्डिओलाले पाँचौँपटक पनि सिटीलाई लिग च्याम्पियन बनाउने लक्ष्य राखेका थिए । तर, २०२४/०२५ को सिजनमा पेपको योजना भताभुंग भएको छ । लिग सकिन नौ खेल मात्र बाँकी छ । सिटी ४८ अंकका साथ पाँचौँ स्थानमा छ । यस अवस्थाबाट सिटीलाई च्याम्पियन बनाउनु असम्भव छ ।

शीर्ष स्थानको लिभरपुलसँग सिटी २२ अंकले पछाडि छ । सन् २०१६ यता सिटीले शीर्ष स्थानमै रही लिग सकाएको छ । इस सिजनमा सिटीको प्रदर्शन नसोचेझैँ रह्यो । युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन कम्तीमा शीर्ष चारभित्र रहनुपर्छ । चौथो स्थानमा रहेको चेल्सीको ४९ अंक छ । तेस्रो स्थानमा रहेको नटिघंम फरेस्टको ५४ र दोस्रो स्थानको आर्सनलले ५८ अंक जोडेको छ ।

पेपले व्यावसायिक क्लबस्तरीय प्रशिक्षक सम्हालदेखि यो नै कमजोर प्रदर्शन हो । करिअरमा उनले कहिल्यै अफूले सम्हालेको क्लबलाई तेस्रो स्थानभन्दा तल झर्न दिएका थिएनन् । उनी प्रिमियर लिगमा कमजोर प्रदर्शन भएको स्विर्काछन् ।

‘यो सिजन करिअरकै सबैभन्दा झुर प्रशिक्षण हो,’ बिबिसीसँग कुराकानी गर्दै पेपले भने, ‘प्रिमियर लिगमा यसपटक विपक्षीले फर्कने मौका नै दिएनन्, मेरो जिम्मेवारी सिटीलाई च्याम्पियन बनाउनु थियो, जसमा असफल भएँ ।’ लक्ष्य च्याम्पियन्स लिग नयाँ सिजनका लागि अहिलेदेखि नै योजना बनाउन उनले व्यवस्थापक र खेलाडीलाई सुझाव दिएका छन् ।

‘२०२४/०२५ को सिजनमा प्रदर्शन कमजोर रह्यो, अर्कोपटक उत्कृष्ट ढंगले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘यसमा सबै सम्बन्धित पक्षले विचार गर्नुपर्छ ।’ यसपटक सिटीको उपाधि जित्ने सम्भावना एफए कप मात्र हो । पेपले सिटीलाई लगातार सातौँपटक एफए कपको क्वार्टरफाइनल पुर्‍याएका छन् । 

सिटीले सेमिफाइनल प्रवेशको खेलमा बर्नमाउथविरुद्ध खेल्नेछ । यद्यपि, सिटीलाई च्याम्पियन्स लिगमा छनोट गराउन एफए कपको विजेताभन्दा पनि प्रिमियर लिगको शीर्ष चार स्थान सहज हुने उनको भनाइ छ । ‘एफए कप विजेताले च्याम्पियन्स लिग खेल्न पाउँछ, तर हामीलाई प्रिमियर लिगको शीर्ष चार स्थानमा रही छनोट हुने बाटो सहज देखिन्छ,’ उनले भने, ‘च्याम्पियन्स लिगमा छनोट हुने दुवै बाटो खुला छ ।’