मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format o७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै, इदका अवसरमा आज सार्वजनक बिदा    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format o७:oo:oo

इस्लाम धर्मावलम्बीले सोमबार (आज) इदुलफित्र (इद) मनाउँदै छन् । आइतबार साँझ चन्द्रमा देखिएकाले मुस्लिम सामुदायले इद मनाउन लागेका हुन् । साउदी अरब, कतारसहितका देशमा आइतबार नै इद मनाइए पनि नेपालसहित भारत, पाकिस्तान, बंंगलादेशलगायत मुलुकमा सोमबार मनाइँदै छ ।

इदमा सबैई (खानेकुरा) खिर तथा अन्य मिठो परिकार खाने गरिन्छ । इदका लागि परिवारका सदस्यका लागि नयाँ लत्ताकपडा किन्ने गरिन्छ । इदको दिन बिहानै नुहाई पाकसाफ (सफा) भई नयाँ कपडामा नजिकका इदगहवा मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ ।

इदको नमाज पढनुअघि रोजामा भएको कमीकमजोरी वा रोजालाई शुद्धीकरणका लागि प्रतिव्यक्ति दुई किलो ४५ ग्राम गहुँको दरले परिवारका सबै सदस्यका नाममा फित्रराको पैसा अनिवार्य रूपमा मस्जिद मदरसामा दान गर्नुपर्ने हुन्छ । 

इदका अवसरमा आज सार्वजनक बिदा  

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो। इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।     

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ  पत्रिका