मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:३४:oo
Read Time : < 1 मिनेट
समाचार

पूर्वराजा ज्ञानेन्द्रका गतिविधि नियन्त्रण गर्नुपर्ने गणतन्त्रवादी दलहरूको निष्कर्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:३४:oo

गणतन्त्रवादी दलका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानविपरीतका गतिविधि बढाएको भन्दै नियन्त्रण गर्नुपर्नमा जोड दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको गणतन्त्रवादीहरूको सर्वदलिय बैठकमा उनीहरुले ज्ञानेन्द्रकै निर्देशनमा राजावादीहरुले अराजकता मच्चाउन थालेको निष्कर्ष निकालेका छन् । 

बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकका अनुसार पूर्वराजाकै कारण पछिल्लो समय संविधानविरोधी र अजराक गतिविधि बढेको सबै दलको निष्कर्ष छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी गतिविधि गर्नेलाई नियन्त्रण गरिने बताएका थिए। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए भने पूर्वप्रधानमन्त्री प्रचण्ड तथा माधव नेपाल भए गएका थिएनन्।