मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीद्वारा तीनकुनेलगायत क्षतिग्रस्त ठाउँको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

गृहमन्त्री रमेश लेखक तीनकुनेलगायत राजावादीले पुर्‍याएको क्षतिग्रस्त ठाउँको अनुगमन गरेका छन्। राजावादीहरूले शुक्रबार काठमाडौंमा गरेको आन्दोलन हिंसात्मक हुँदा दुई युवाले अनाहकमा ज्यान गुमाएका छन् ।

प्रदर्शनकारीले निजी घर, व्यावसायिक भवन, दलका कार्यालयदेखि सवारीसाधनसम्ममा तोडफोड र आगजनी गरेका छन्। कतिपय ठाउँमा लुटपाटसमेत गरेका थिए।

आन्दोलनको भिडियो खिचिरहेको भवनमै प्रदर्शनकारीले आगो लगाउँदा रिपोर्टिङमा रहेका पत्रकार सुरेश रजकले ज्यान गुमाएका छन् भने प्रहरीको गोलीबाट कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको छ। यसैगरी, आन्दोलनकारीले १४ ठाउँमा आगजनी, नौ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट गरेका थिए। 

यसैगरी, अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर टेलिभिजन, केएमसी अस्पताल सिनमंगल, सिनामंगलस्थित नेपाल प्रहरीको सिसिक्यामेरा, भत्केको पुलस्थित प्रहरी बिट, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा समेत तोडफोड भएको छ।