मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Saturday, 29 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १३ बुधबार o९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार o९:o९:oo

भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखाकाे उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा. सैलेशकुमार मिश्रले बताए । 

सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ। संघका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार ४२५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । संघद्वारा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । 

संघले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिए।