मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज
२o८१ चैत १६ शनिबार १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार १२:४२:oo

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य सुरु गरेको छ। राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन्। वैशाख १० गतेसम्म चितवन निकुञ्जले दुईजना कर्मचारी खटाएर गुँड खोज्ने कार्य गरिएको छ। स्थानीय बोटे समुदायका व्यक्तिहरूले गोहीको गुँड खोज्ने कार्य गरिरहेका छन्। उनीहरूले गुँड खोजेर त्यसको रेखदेख गर्ने उनले बताए। वैशाख १५ गतेपछि गोहीको अन्डा संकलन गर्ने तयारी गरिएको उनले बताए।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठवटा गुँडका अन्डा निकालिएको थियो। दुई सय ४७ वटा अन्डा संकलन गरी कोरलिएको उनले बताए। उनले भने, 'अहिले गुँड खोजेपछि कतिवटाको अन्डा निकाल्ने भन्ने तय गरिनेछ।'

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेपछि नदीकिनारका जोखिममा रहेका गुँडबाट अन्डा संकलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ। कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीहरूमा छोड्ने गरिएको छ।

यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको थियो। पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ। सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो।