मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १३ बुधबार
  • Friday, 28 March, 2025
२o८१ चैत १३ बुधबार o७:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : पन्जाब ११ रनले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १३ बुधबार o७:o४:oo

पन्जाब किंग्सले इन्डियन प्रिमियर लिगअन्तर्गत मंगलबार गुजरात टाइटन्समाथि ११ रनको जित निकालेको छ । अहमदावादमा पन्जाबले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेटको क्षतिमा २४३ रनको विशाल योगफल बनाएको थियो । प्रत्युत्तरमा गुजरातले २० ओभरमा पाँच विकेटको क्षतिमा २३२ रन जोड्दा ११ रनले पराजित भयो । 

गुजरातका लागि ओपनर साई सुदर्शनले ४१ बलमा ७४ रन तथा जोस बटलरले ३३ बलमा ५४ रनको योगदान दिएका थिए । साईले पाँच चौका र ६ छक्का प्रहार गरेका थिए । बटलरले चार चौका र दुई छक्का प्रहार गरे । यसैगरी, कप्तान शुभमन गिलले १४ बलमा ३३ रन प्रहार गरे । सेर्फानेले २८ बलमा ४६ रन जोडे । यसअघि ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयश अयर शतक बनाउन चुकेका थिए । पन्जाबले विशाल योगफल तयार पार्ने क्रममा श्रेयशले ४२ बलमा नौ छक्का र पाँच चौकाको सहयोगमा ९७ रनको नटआउट योगदान दिएका थिए । ओपनर प्रियांश आर्याले २३ बलको सामना गरी सात चौका र दुई छक्काको स­­­हयोगमा ४७ रन जोडे । 

श्रेयशले शशांक सिंहसँग छैटौँ विकेटका लागि २८ बलमा ८१ रनको साझेदारी गरे । शशांकले १६ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ४४ रनको नटआउट इनिङ्स खेले । मार्कोस स्टोनिसले १५ बलमा २० रन बनाए । अस्ट्रेलियन स्ट्रोक खेलाडी ग्लेन म्याक्सवेल सामना गरेको पहिलो बलमै आउट भए । साइ किशोरेले एलबिडब्लूका रूपमा म्याक्सवेललाई आउट गरेका हुन् । बलिङमा साईले गुजरातका लागि ४ ओभरमा ३० रन खर्चेर तीन विकेट लिएका थिए । 

पन्जाबको ब्याटिङमा पहिलो विकेटका लागि १९ बलमा २८ रन साझेदारी भएको थियो । आयरले प्रियांशसँग दोस्रो विकेटका लागि २१ बलमा ५१ रनको साझेदारी गरे । स्टोनिस र श्रेयशबिच पाँचौँ विकेटका लागि २८ बलमा ५७ रनको साझेदारी भएको थियो ।