मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ८ शुक्रबार
  • Friday, 28 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत ८ शुक्रबार १३:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

होटेल मर्क्योर काठमाडौंमा ठेट इटालियन स्वाद पस्कन नयाँ रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत ८ शुक्रबार १३:५३:oo

इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौंको सुकेधारा हाइट्समा रहेको पाँचतारे ‘होटेल मर्क्योर काठमाडौं’ले  इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सुरु गरेको छ । सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ । परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ । 

रेस्टुरेन्टको वातावरण परम्परागत इटालियन आकर्षणलाई आधुनिक सौन्दर्यसँग संयोजन गर्दै पारिवारिक जमघट, विशेष उत्सव तथा डिनरका लागि उपयुक्त बनाइएको होटेलका महाप्रबन्धक विजय नन्मरन एसले बताए ।

नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीहरूका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ । 

व्यवसायी देशबन्धु बस्नेतको कम्पनी दि मेट्रोपोलिटन होटेल प्रालिले तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको १०४ वटा कोठा भएको ‘होटल मर्क्योर काठमाडौं’ युरोपियन हस्पिटालिटी ब्रान्ड मर्क्योरले व्यवस्थापन गरेको हो । 

रोमन यात्री देवता मर्क्युरीबाट प्रेरित मर्क्योर, आवास सुविधा मात्र नभई स्थानीय संस्कृति र अनुभवसहितको आतिथ्य सेवा हो। सन् १९७३ मा फ्रान्समा स्थापना भएको यो ब्रान्डले विश्वव्यापी मापदण्डलाई स्थानीय स्वादसँग मिसाएर उत्कृष्ट आतिथ्य सेव प्रदान गर्दै आएको छ । 

विश्वका ११० भन्दा बढी देशमा ५,७०० भन्दा बढी संरचना भएको अकोर हस्पिटालिटी समूहको सदस्यका रूपमा, मर्क्योरले आतिथ्य क्षेत्रमा गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

अकोर हस्पिटालिटीको मर्क्योर ब्रान्डमा ६० भन्दा बढी देशमा हजारभन्दा बढी होटेल सञ्चालनमा छन् । पाहुनाहरूलाई ‘फिल लोकल एभ्रिह्वेर’को अनुभव प्रदान गर्नु मर्क्योरको मुख्य विशेषता हो ।