
प्राडा अच्युत वाग्ले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा नियुक्त भएका छन्। सिफारिस समितिले गरेको नामावलीका आधारमा प्रधानमन्त्री तथा केयूका कुलपति केपी ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
कुलपति छनोट तथा नियुक्ति प्रक्रियाको लागि तीनसदस्यीय समिति गठन भएको थियो । सो समितिले उपकुलपतिका तीनजनाको नामावली कुलपतिलाई बुझाएको थियो। सोही आधारमा प्राडा वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। उनी यसअघि केयूको रजिस्ट्रारका रूपमा थिए।