१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Thursday, 17 April, 2025
डिलाराम भुसाल कपिलबस्तु
२o८१ चैत ४ सोमबार १७:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा एसइईका लागि ३४ वटा परीक्षा केन्द्र निर्धारण

यसबर्ष बगदी, बलुहवा, बैदौली र पडरिया केन्द्र थपिए

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलबस्तु
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १७:२३:oo

आगामी चैत ७ गते देखि सञ्चालन हुने यस वर्षको एसइई परीक्षाका लागि कपिलवस्तुमा ३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुले उक्त परीक्षा केन्द्रको निर्धारण गरेको बताएको छ।

कपिलवस्तुमा यस वर्षको माध्यमिक शिक्षा परीक्षामा १५९ वटा माध्यमिक विद्यालयका लागि ३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले बताए। ०८१ सालको एसइई परीक्षा सञ्चालन गर्न गत वर्षकै परीक्षा केन्द्रहरूमा थप चारवटा गरेर ३४ वटा पुर्‍याइएको उनले बताएका छन्। 

यस वर्ष पूर्णकेशर माध्यमिक विद्यालय बगदी, जनता माध्यमिक विद्यालय बलुहवा, अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौली र भद्र माध्यमिक विद्यालय पडेरियामा केन्द्र थपिएका छन्।

यस वर्ष कपिलवस्तुबाट नियमित र ग्रेडवृद्धि गरी झन्डै ९ हजार ४६१ जनाले एसइई परीक्षामा भाग लिने बताइएको छ। कार्यालयले विक्रम संवत् २०७८ र २०७९ सालका ग्रेडवृद्धितर्फका सबै परीक्षार्थीहरूको परीक्षा केन्द्र वेस्ट पोइन्ट इबो स्कुल अदालत टोल, तौलिहवामा कायम गरेको बताएको छ। यसैबिच, साधारणतर्फका २०८० सालका ग्रेडवृद्धितर्फका सबै परीक्षार्थीहरूको परीक्षा केन्द्र २०८१ सालका नियमित विद्यार्थीहरू रहेको परीक्षा केन्द्रमै कायम गरिएको छ।

परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न केन्द्र अध्यक्षलाई जिम्मेवारी दिने, र उत्तरपुस्तिका प्रश्नपत्रहरू वितरणबाहेक कार्यालयको तर्फबाट हुने अन्य कामहरू सकिएको  शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुका शाखा अधिकृत अर्जुन कुँवरले बताएका छन्।