मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३ आइतबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरका यी स्थानमा भाेलिदेखि विरोधका कार्यक्रम गर्न निषेध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार १८:oo:oo

जिल्ला प्रशासन ललितपुरले अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्रहरू रहेका विभिन्न क्षेत्रमा दुई महिनाका लागि विरोधका कार्यक्रम गर्न रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम भोलि सोमबार देखि लागू हुने गरी पाँचजना भन्दा बढी व्यक्ति भेला भई विरोधका कार्यक्रम गर्न निषेध गरेको हो।

जिल्ला प्रशासनले जारी गरेको सूचनाअनुसार पुल्चोकस्थित युएन हाउस र पुरानो मन्त्रीनिवास क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय सहकारी विकास बोर्डभित्र विरोध जनाउन पाइँदैन।

यसैगरी, भैँसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रको पूर्वमा भैँसेपाटीबाट बुंमती जाने सडक, पश्चिममा सिजी हाउजिङ, उत्तरमा भैँसेपाटी आवास गेट र दक्षिणमा इटनी जाने ओरालो सीमा कायम गरी विरोधका कार्यक्रम निषेध गरिएको छ।

हेर्नुस् प्रशासनकाे सूचना :