मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २९ बिहीबार ११:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघ कोषाध्यक्षमा आचार्य मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार ११:२o:oo

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनीत भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । महासंघ कोषाध्यक्षमा निरक केसीको १८ महिने कार्यकाल सकिएपछि पद रिक्त थियो । अब कोषाध्यक्षको बाँकी कार्यकाल आचार्यले सम्हाल्ने महासंघले जनाएको छ ।

नवनियुक्त कोषाध्यक्ष आचार्यले महासंघको उद्योग समिति सभापति, रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्यसम्पादन गरिसकेको अनुभव छ । एक दशकभन्दा लामो समयदेखि महासंघमा विभिन्न भूमिकाबाट आबद्ध उनी उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् ।