मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025
२o८१ फाल्गुण २९ बिहीबार o८:१२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

अनेरास्ववियुका पूर्वउपाध्यक्ष रश्मि आचार्यलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार o८:१२:oo

परिवर्तित सन्दर्भमा स्ववियुको सान्दर्भिकता कति छ ?
अहिलेको समयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सान्दर्भिकता झनै बढेर गएको छ । नयाँ पुस्तामा उच्च राजनीतिक सचेतना बढाउन स्ववियुहरूले झनै सशक्त भएर लाग्नुपर्ने समय आएको छ । हिजो पञ्चायती व्यवस्थाविरुद्ध लड्दा र गणतन्त्रको पक्षमा माहोल सिर्जना गर्दा अग्रपंक्तिमा रहेका स्ववियुहरूले आजका दिनमा गणतन्त्रलाई सुदृढ गर्न, यसविरुद्ध भइरहेका आक्रमणलाई निस्तेज बनाउन सकारात्मक भूमिका खेल्नु जरुरी छ । अबका स्ववियुहरूले समृद्धिको अभियान र गणतान्त्रिक व्यवस्थासित नयाँ पुस्तालाई जोड्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले, आजका दिनमा स्ववियुको औचित्य झनै बढेर गएको हो । 

स्ववियु निर्वाचन नजिकिँदै जाँदा मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने विद्यार्थीहरू तोडफोड र मुठभेडमा किन उत्रिन्छन् ?
यसपटक त्यस्तो अवस्था देखिन्न । सबैतिर मित्रवत् स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिँदै छ । प्रणालीले जित्नुपर्छ भन्नेमा सबै विद्यार्थी संगठन सकारात्मक देखिन्छन् । नयाँ राजनीतिक कल्चर स्थापनामा लाग्नुपर्ने विद्यार्थीले मुठभेड र तोडफोडमा विश्वास गर्लान् जस्तो लाग्दैन । त्यसैले, यसपटकको स्ववियु निर्वाचन विगतको भन्दा पनि शान्तिपूर्ण हुन्छ भन्ने विश्वास छ । 

अबका दिनमा स्ववियुहरू कसरी अघि बढ्नु ठिक होला ?
स्ववियुले अबका दिनमा क्याम्पसहरूमा रचनात्मक वातावरण सिर्जना गर्न सक्नुपर्छ । यसले सामाजिक सचेतनायुक्त राजनीतिक अभियान अघि बढाउनुपर्छ । क्याम्पसहरूमा शैक्षिक वातावरण सुधार्ने, शिक्षालाई देशको कृषि, उद्योग, पर्यटन, इन्नोभेसनलगायत क्षेत्र र विषयसित जोड्ने दायित्व स्ववियुहरूको काँधमा आएको छ । साथै, शैक्षिक गुणस्तर कायम गराई शिक्षालाई रोजगारी सिर्जनासित जोड्न पनि स्ववियुहरूले सकारात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ । शिक्षालाई व्यवहारमुखी बनाउने र नयाँ पुस्तालाई कल्चरयुक्त राजनीतिसित जोड्ने अभियानमा पनि स्ववियुहरूले नै नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।