मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २८ बुधबार १५:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगातार सात दिन घटेको नेप्सेमा आज दोहोरो अंकको वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १५:३२:oo

पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज बुधबार भने दोहोरो अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १७.२८ अंकले बढेर दुई हजार ७३६.४८ को विन्दुमा कायम भएको हो।

आज विभिन्न ३२३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ७९ हजार २३६ पटक खरिद–बिक्री हुँदा रु. आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा विकास बैंक समूह ०.३३ र लघुवित्त समूह ०.२७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लगानी समूह १.७६ र अन्य समूह १.५७ प्रतिशतले बढेको छ।

बैंकिङ ०.५३, वित्त ०.०२, होटेल तथा पर्यटन ०.६४, जलविद्युत् ०.८५, जीवन बिमा ०.६४, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.१०, निर्जीवन बिमा ०.४० र व्यापार समूह ०.२१ प्रतिशतले बढेको छ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.७९ प्रतिशतले बढेको छ। साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर सेयर रु. ८१ करोड ३६ लाख ५२ हजार एक सयबराबरको ८१ लाख ३६ हजार ५२१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ। रासस