मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
रासस वासिङ्टन
२o८१ फाल्गुण २८ बुधबार १५:२३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले स्टिल र आल्मोनियम आयातमा २५ प्रतिशत कर लगाउने

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १५:२३:oo

संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र आल्मोनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुटविना’ लागू गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारीसाधन र पेय पदार्थमा प्रयोग हुने क्यानसम्मका विभिन्न वस्तुको उत्पादन लागतमा वृद्धि हुने सम्भावना छ।

काटो इन्स्टिच्युटका रिसर्च फेलो क्लार्क प्याकार्डले एएफपीसँग भने, ‘करवृद्धिसँगै मूल्यमा प्रभाव पारेमा यो अचम्मको विषय हुनेछैन।’ उनले अमेरिका कार निर्माता र आवासीय र व्यावसायिक दुवै भवन निर्माण गर्ने देशमा इस्पातको विश्वका सबैभन्दा ठुला प्रयोगकर्तामध्ये एक भएको बताए।

युरोपेली आयोगले संयुक्त राज्य अमेरिकाबाट ‘अनुचित व्यापार प्रतिबन्ध’को प्रतिक्रियामा अप्रिल १ देखि ‘प्रतिकारको शृंखला’ लागू गर्ने बताएको छ।

युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘अमेरिकाले २८ अर्ब अमेरिकी डलरबराबरको कर लगाइरहेकाले हामी त्यसको प्रतिकारका लागि त्यति नै रकमबराबरको करवृद्धिका साथ जवाफ दिइरहेका छौँ।’

ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनमाथि भारी कर लगाएका छन्। अप्रिल २ देखि नयाँ कर लगाउने वाचा गर्दै आफ्नो छिमेकी मुलुक (मेक्सिको र क्यानडा)का लागि आंशिक रूपमा मात्र कर फिर्ता लिने घोषणा गरेका छन्।

इवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोको हालैको प्रषेपणअनुसार पछिल्लो शुल्कले क्यानडालाई निकै ठुलो असर पार्नेछ। क्यानडाले अमेरिकी आल्मोनियम आयातको लगभग आधा र यसको इस्पात आयातको २० प्रतिशत आपूर्ति गर्नेछ।

क्यानडाबाहेक ब्राजिल र मेक्सिको पनि स्टिलको प्रमुख अमेरिकी आपूर्तिकर्ताहरू हुन्। त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया आल्मोनियमको प्रमुख प्रदायकहरूमध्ये एक हुन्।

बुधबारको कर पहिलेको भन्दा माथि थन्किएको छ। यसको मतलब केही क्यानडा र मेक्सिको स्टिल र आल्मोनियम उत्पादनहरूले युएस–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसिए)को अनुपालन नगरेसम्म ५० प्रतिशत कर दरको सामना गर्न सक्दछन्।

ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चिन्ताले वित्तीय बजारलाई तहसनहस पारेको छ। ‘वाल स्ट्रिट इन्डेक्स’ मंगलबार लगातार दोस्रो दिन ओरालो लागेको छ, तर ट्रम्पले वाल स्ट्रिटमा मंगलबार भएको नोक्सानीलाई नकार्दै अर्थतन्त्रलाई सम्हाल्ने विषयमा आफूले कुनै मन्दी नदेखेको बताए।

ट्रम्पका व्यापार निर्णयहरू अस्थिरताका साथ आएका छन्। उनले क्यानडाको इस्पात र आल्मोनियममा कर दरलाई दोब्बर गरेर ५० प्रतिशतमा झार्ने चेतावनी दिएका छन्। क्यानडाको ओन्टारियो प्रान्तले यसअघि अमेरिकी करको बदलामा तीनवटा अमेरिकी राज्यमा विद्युत् महसुल लगाउने निर्णय गरेको थियो।

वासिङ्टन र ओटावाले व्यापार तनाव बढेसँगै दिनभर व्यापक करका चेतावनी आदान–प्रदान गरे र ट्रम्पले आफ्नो देशको उत्तरी छिमेकीलाई गाभ्ने उत्तेजक योजनाहरूबारे भनाइहरूलाई दोब्बर गरे।

तर, वासिङ्टनसँगको वार्तापछि ओन्टारियोले करवृद्धिलाई रोकेको थियो। ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ट्रम्पले अमेरिकी जनतालाई जिताउनका लागि ‘अमेरिकी अर्थतन्त्रको लाभ’ प्रयोग गरेको बताए। ओन्टारियोका सरकारप्रमुख डग फोर्ड, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरबिच बिहीबार वासिङ्टनमा भेटवार्ता हुने भएको छ।