
चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरूले नेकपा (एमाले)को मुख्यालयमा धर्ना सुरु गरेका छन्। मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिएका शिक्षकहरू बुधबार एमाले मुख्यालय च्यासल पुगेका हुन्।
शिक्षक महासंघले पुरानो सहमति कार्यान्वयन गर्ने गरी छिट्टै ऐन ल्याउनुपर्ने माग राख्दै ठुला दलका कार्यालयमा धर्ना सुरु गरेको हो। फागुन २४ गते पहिलो चरणको आन्दोलन पूरा गरेको महासंघले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनअन्तर्गत मुख्य दलका कार्यालयमा धर्ना दिएको हो।
धर्ना कार्यक्रम चैत ५ गतेसम्म चल्नेछ। १ चैतमा पेरिसडाँडास्थित माओवादी कार्यालय, २ गते आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा धर्ना दिने कार्यतालिका शिक्षक महासंघले तय गरेको छ। त्यसपछि रास्वपा, राप्रपालगायत दलहरूको पार्टी कार्यालयमा पनि शिक्षकहरूले धर्ना दिनेछन्।