मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २३ शुक्रबार
  • Saturday, 05 April, 2025
जोसेफ एस नाई जुनियर
२o८१ फाल्गुण २३ शुक्रबार o९:४९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व व्यवस्थाको भविष्य

Read Time : > 2 मिनेट
जोसेफ एस नाई जुनियर
नयाँ पत्रिका
२o८१ फाल्गुण २३ शुक्रबार o९:४९:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति गम्भीर शंका उत्पन्न गरेका छन् । उनको प्रशासनले युक्रेनविरुद्ध आक्रमण गर्ने आक्रामक राष्ट्र रुससँग सहमति देखाएको छ, भन्सार शुल्कको धम्कीले विश्वव्यापी व्यापार प्रणाली र पुराना गठबन्धनमा प्रश्न उठाएको छ र पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट बाहिरिएर अन्तर्राष्ट्रिय सहयोगलाई कमजोर पारेको छ ।

आत्मकेन्द्रित अमेरिकाले पछाडि हट्दा, रुसले युरोपमा प्रभुत्व जमाउने र चीनले एसियामा आफ्नो दबदबा बढाउने सम्भावना बढेको छ, जसले अमेरिकी समर्थन कायम रहे पनि मित्रराष्ट्रलाई आफ्नै सुरक्षामा ध्यान दिन बाध्य पार्न सक्छ ।विश्वका सम्बन्ध परस्पर रूपमा जोडिने भएकाले सबै देश प्रभावित हुन्छन् । अन्तर्राष्ट्रिय व्यवस्था स्थिर शक्ति सन्तुलन, साझा मान्यता र संस्थामा आधारित हुन्छ । यो क्रमशः विकास हुने गर्छ, तर कुनै प्रमुख शक्तिको आन्तरिक राजनीति अत्यधिक परिवर्तन भएमा व्यवस्था अस्थिर हुन सक्छ । इतिहासमा चीन र रोमजस्ता क्षेत्रीय साम्राज्यले बल प्रयोग गरेर व्यवस्था कायम गर्थे, जहाँ युद्ध र शान्ति भूगोलले निर्धारण गथ्र्यो । उदाहरण रोम र पार्थिया (आधुनिक इरानवरपर) भौगोलिक निकटताका कारण कहिलेकाहीँ भिड्थे, तर रोम, चीन र म्यासो अमेरिकी साम्राज्यबिच यस्तो द्वन्द्व हुँदैनथ्यो ।

साम्राज्य कठोर (सैन्य) र सौम्य (सांस्कृतिक र कूटनीतिक) दुवै शक्तिमा निर्भर थिए । चीन साझा मान्यता, विकसित राजनीतिक संस्था र आपसी आर्थिक फाइदाले एकताबद्ध थियो । रोम पनि विशेषतः गणतन्त्रकालमा यस्तै आधारमा टेकिएको थियो । रोमपछिको युरोपमा पोप पद र वंशीय राजतन्त्रजस्ता संस्था र मान्यता थिए, जसका कारण प्रजाको इच्छाविनै विवाह र पारिवारिक गठबन्धनमार्फत सत्ता परिवर्तन हुने गथ्र्यो ।

अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुनुका पछाडि जति चिनियाँ उदय जिम्मेवार छ, त्यति नै अमेरिकी आन्तरिक राजनीतिको पनि भूमिका छ

युद्ध प्रायः वंशीय कारणले हुने गर्थे । तर, १६औँ र १७औँ शताब्दीमा प्रोटेस्टेन्ट अभियान, रोमन क्याथोलिक चर्चभित्रको विभाजन र बढ्दो अन्तर–राज्य प्रतिस्पर्धाका कारण धार्मिक उत्साह र भूराजनीतिक महत्वाकांक्षाबाट प्रेरित युद्ध सुरु भएका थिए । अठारौँ शताब्दीको अन्त्यतिर फ्रान्सेली क्रान्तिले युरोपमा लामो समयदेखि कायम रहेका राजतन्त्रात्मक मान्यता र शक्ति सन्तुलनलाई बनाइराख्ने परम्परागत सीमालाई भंग गर्‍यो । यद्यपि मस्कोबाट पछाडि हटेपछि नेपोलियनको साम्राज्य विस्तारको प्रयास असफल भयो । उनका सेनाले धेरै क्षेत्रीय सीमालाई नामेट पारेर नयाँ राज्य निर्माण गरेका थिए । जसले सन् १८१५ को भियना कंग्रेसमा आधुनिक राष्ट्र–राज्य प्रणाली स्थापना गर्ने पहिलो सुनियोजित प्रयासलाई जन्म दिएको थियो ।

भियनापछिको ‘कन्सर्ट अफ युरोप’ प्रणाली त्यसपछिका दशकमा धेरै अवरोधबाट प्रभावित भयो यो अवरोध विशेषतः सन् १८४८ मा राष्ट्रवादी क्रान्तिहरूले सिंगो महाद्वीपलाई प्रभावित गरेका वेला देखिएको थियो । यी उथलपुथलपछि अटो भोन बिस्मार्कले जर्मनी एकीकरणका लागि विभिन्न युद्ध सुरु गरे, जसले क्षेत्रीय रूपमा जर्मनीलाई शक्तिशाली केन्द्रका रूपमा स्थापित ग¥यो । जुन १८७८ को बर्लिन कंग्रेसमा प्रतिबिम्बित पनि भएको थियो । रुससँगको गठबन्धनमार्फत बिस्मार्कले स्थिर व्यवस्था कायम गरे । तर, सन् १८९० मा काइजर विलियम्सले उनलाई पदमुक्त गरेपछि यो स्थायित्व कमजोर बन्यो ।

त्यसपछि पहिलो विश्वयुद्ध आयो, जसपछिको भर्सिलिज सन्धि र लिग अफ नेसन्सको स्थापना भयो । तर, यसको असफलताले दोस्रो विश्वयुद्धको आधार तयार ग¥यो । त्यसपछि राष्ट्र संघ र ब्रेटन उड्स संस्था (विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनको पूर्ववर्ती संस्था) को निर्माण भयो, जसले २०औँ शताब्दीमा सबैभन्दा महत्वपूर्ण संस्थागत विकासको आधार तयार ग¥यो । अमेरिका प्रमुख शक्ति भएकाले सन् १९४५ पछिको युगलाई ‘अमेरिकी शताब्दी’ भनेर चिनिन थाल्यो । सन् १९९१ मा शीतयुद्धको अन्त्यले एकध्रुवीय शक्ति–सन्तुलन स्थापना गर्‍यो, जसले विश्व व्यापार संगठन (डब्लुटिओ), अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) र पेरिस जलवायु सम्झौताजस्ता संस्थाको निर्माण वा सुदृढीकरणको बाटो खुला गरेको थियो ।

ट्रम्पको कार्यकालभन्दा पहिले नै केही विश्लेषकले मौजुदा अमेरिकी व्यवस्थाको अन्त्य नजिकिएको विश्वास गर्थे । एकाइसौँ शताब्दीले शक्ति सन्तुलनमा अर्को परिवर्तन ल्यायो, जसलाई सामान्यतया एसियाको उदय (वा अझ सही शब्दमा भन्ने हो भने पुनरुत्थान) भनेर वर्णन गरिन्छ । सन् १८०० मा एसियाले विश्व अर्थतन्त्रको सबैभन्दा ठुलो हिस्सा ओगटेको थियो, तर पश्चिमी औद्योगिक क्रान्तिसँगै यो पछि पर्‍यो । अन्य क्षेत्रझैँ एसिया पनि पश्चिमी सैन्य र सञ्चार प्रविधिले सम्भव बनाएको नयाँ साम्राज्यवादी विस्तारबाट पीडित भयो ।

अब एसिया फेरि विश्व अर्थतन्त्रको प्रमुख स्रोतका रूपमा आफ्नो स्थानमा फर्किंदै छ । तर, हालका वर्षमा हासिल गरेको यसको लाभ मुख्यतया युरोपको मूल्यमा आएको छ, न कि अमेरिकाको । अमेरिकाले कुल गार्हस्थ उत्पादन (जिडिपी) घट्नेभन्दा पनि सन् १९७० को दशकमा जस्तै अहिले पनि विश्वको कुल गार्हस्थ्य उत्पादनको चौथाइ हिस्सा ओगटिरहेको छ । चीनले अमेरिकी अग्रता निकै हदसम्म घटाए पनि, आर्थिक, सैन्य वा गठबन्धनको दृष्टिले अमेरिकालाई उछिन्न सकेको छैन ।

यदि अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै छ भने यसका पछाडि जति चीनको उदयको भूमिका छ, त्यति नै अमेरिकाको आन्तरिक राजनीतिको भूमिका हो । हामी पूर्ण रूपमा नयाँ अमेरिकी पतनको युगमा प्रवेश गर्दै छौँ वा दोस्रो ट्रम्प प्रशासनले अमेरिकी शताब्दीका संस्था र गठबन्धनमा गरिएको आक्रमण केवल अर्को चक्रीय गिरावट मात्र साबित हुनेछ भन्ने प्रश्न हाम्रा अघिल्तिर छ । यसको उत्तर हामीले सन् २०२९ सम्ममा थाहा नपाउन पनि सक्छौँ ।

(नाई जुनियर अमेरिकी पूर्वउपरक्षामन्त्री एवं हार्बर्ड विश्वविद्यालयका इमिरेट्स प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट