मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Thursday, 13 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण ७ बुधबार o८:३३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o८:३३:oo

जनप्रतिनिधिहरूबाट कर्मचारी किन पटकपटक कुटिँदै छन् ?
यो एकदमै निन्दनीय काम भएको छ । जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको जस्तो सम्बन्ध रहन सकेन भने स्थानीय विकास निर्माणमा गम्भीर असर पर्छ । नियम मिचेर काम कसैले पनि गर्नु हुँदैन । जो गलत छ, ऊ सच्चिनुपर्छ । कर्मचारी र जनप्रतिनिधि दुवैलाई बदनाम गराउने खालका कुनै पनि घटना हुनु हुँदैन । दुवैबीच मेलमिलाप भएमा मात्र विकास हुन सक्छ । सँगै बसेर काम गर्दै जाँदा टकराव हुन सक्छ तर टकराव भयो भन्दैमा कुटपिटमै उत्रिनु एकदमै गलत कार्य हो । हामीले यस्तो रबैयामा सुधार गरेर जानुपर्छ । संघीयताको जग स्थानीय सरकार नै हो । त्यहीँ यस्ता घटना दोहोरिन थाले भने यसबाट प्रणालीप्रति नै प्रश्न उठ्न सक्छ । 

त्रास बोकेर स्थानीय तहमा जाने कर्मचारीबाट कस्तो सेवा प्रवाह होला ?
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघले पठाउँछ भने बाँकी कर्मचारी प्रदेशले पठाउँछ । यस्तो अवस्थामा स्थानीय तहमा जाने कर्मचारीले त्रास बोकेर जानुपर्दैन । स्थानीय तहका कर्मचारीको सरुवामा स्थानीय जनप्रतिनिधिले खेल्ने ठाउँ हुँदैन । स्थानीय जनप्रतिनिधिबाट यस्ता घटना दोहोरिन नदिन हामी प्रतिबद्ध छौँ । कर्मचारी साथीहरूले ढुक्क भई स्थानीय जनतामाझ सेवा प्रवाह गराउन कुनै अवरोध आउन दिइनेछैन । उहाँहरूको सुरक्षामा हामी संवेदनशील छौँ । 

यस्ता घटना दोहोरिन नदिन के गर्नुपर्ला ?
अहिले जेजस्ता गल्ती भएका समाचार आएका छन्, तिनलाई भविष्यमा दोहोरिन नदिन कर्मचारी र स्थानीय जनप्रतिनिधि सबै सचेत हुनुपर्छ । यसका लागि हामी गाउँपालिका संघ र महासंघ एकसाथ मिलेर काम गर्नेछौँ । यस्ता दुर्घटना निम्त्याउने छुट कसैलाई छैन । लट्ठी लगाएर मान्छेलाई तह लगाउन सकिन्न । संवाद र मेलमिलापबाटै अघि बढ्नुको विकल्प छैन ।