स्वस्थानी व्रत एवं माधवनारायण मेला समापन (तस्बिरसहित)

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक सुरु भएको स्वस्थानी व्रतकथा एवं माधवनारायण मेला आज समापन गरिँदै छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान एवं माधवनारायणको पूजा गरेपछि व्रत समापन हुन्छ। 

माघ महिनामा माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुन्य कमाइने धार्मिक विश्वास छ । यसैगरी पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत पनि आज विधिपूर्वक समापन हुँदै छ ।

सुझावित समाचार