मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २७ आइतबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २७ आइतबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका उपाध्यक्षसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २७ आइतबार १९:३१:oo

डिउटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने दुईजना पक्राउ परेका छन्। ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १ घर भई लैनचौर बस्ने दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई लैनचौर बस्ने रमेश फुलारा छन्। 

उनीहरूले गत २४ गते राति डिउटीमा रहेका दुई प्रहरीमाथि ठमेलमा कुटपिट गरेका थिए। पक्राउ परेका दुवैजना अमृत साइन्स क्याम्पसका विद्यार्थी हुन्। सिग्देल अनेरास्ववियुका क्याम्पस कमिटी उपाध्यक्ष हुन्। 

क्युआरटी मोटरसाइकलमा रहेका प्रहरीहरू रघु घर्ती र नगेन्द्र विष्टलाई उनीहरूले कुटपिट गरेका थिए। कुटपिटपछि उनीहरू क्याम्पसको होस्टलमा गएर लुकेका थिए। उनीहरूलाई आइतबार एयरपोर्ट क्षेत्रबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

कुटपिटमा पाँचजना संलग्न रहेकोमा तीनजना अझै फरार छन्।