![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/logo2025-02-08-07-50-05.jpeg)
हमासले आज थप तीनजना इजरायली बन्धकलाई रिहा गरेको छ। इजरायल र हमासबिच भएको युद्धविराम सम्झौताअन्तर्गत पाँचौँ चरणमा हमासले तीन इजरायली बन्धक रिहा गरिएको हो।
हमासले ५६ वर्षीय ओहद बेन अमी, ५२ वर्षीय एली सराबी र ३४ वर्षीय ओर लेभीलाई रिहा गरेको छ।
यसमध्ये अमी र सराबीलाई अक्टोबर २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको हमलामा किबुत्ज बेरी क्षेत्रबाट बन्धक बनाइएको थियो भने ओर लेभीलाई नोभा म्युजिक फेस्टिबलबाट बन्धक बनाइएको थियो।
अहिलेसम्म युद्धविरामपछि हमासले २१ बन्धकलाई रिहा गरेको छ भने इजरायलले आफ्नो हिरासतमा रहेका साढे ५ सयभन्दा बढी बन्दीलाई रिहा गरेको छ।
जनवरी १९ देखि सुरु भएको युद्धविरामको पहिलो चरणको तीन साताको समयमा युद्धविराम सम्झौताअनुसार हमासले ३३ बन्धक रिहा गर्ने र इजरायलले १९०० बन्दीलाई रिहा गर्ने सहमति भएको थियो।
हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको नाम भने रिहा हुने बन्धकको सूचीमा यसपटक पनि परेको छैन।