मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २६ शनिबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालका पाँच विश्वविद्यालयबिच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १७:३o:oo

नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच एमओयूमा हस्ताक्षर भएको हो।

यो सम्झौताले संयुक्त अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरूमार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको बताइएको छ। सम्झौताअनुसार विश्वविद्यालयहरूले पोस्ट ग्राजुयट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन्। साथै, संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन्।

सम्झौतापत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा शिलु मानन्धर, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु कुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोद प्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

पाँचै विश्वविद्यालयका रजिष्ट्रारहरू सम्झौताको साक्षीका रूपमा उपस्थित थिए। सुरुवाती सम्झौता अवधी पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वत नवीकरण हुने प्रावधान उल्लेख छ। यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा ६ महिनाअघि सूचना दिनुपर्नेछ।