मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
रुचि गुप्ता
२o८१ माघ २३ बुधबार १o:४o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वैश्विक सफलता होइन प्रतिभा पलायन

Read Time : > 2 मिनेट
रुचि गुप्ता
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १o:४o:oo

एच–१ बी भिसाको कथा मुख्यतः वर्गीय विशेषाधिकारको कथा बनेको छ, जहाँ व्यक्तिगत सफलताको उत्सवले गम्भीर प्रणालीगत असमानता लुकाउँछ

आर्थिक वृद्धि सुस्ताएकाले भारतको विकास रणनीतिको अभाव थप प्रस्टिँदै गएको छ । भारतको विश्वशक्ति बन्ने महत्वाकांक्षा विभिन्न उपलब्धिभन्दा मुलुकको आकारमा बढी निर्भर देखिन्छ । यो प्रवृत्ति एच–१ बी भिसासम्बन्धी बहसमा स्पष्ट रूपमा देख्न सकिन्छ, जहाँ सरकार अमेरिकी श्रमबजारका लागि दक्ष जनशक्तिको आप्रवासनलाई राष्ट्रिय हितका रूपमा हेर्छ । विदेशी भूमिमा नागरिकको सुरक्षामा ध्यान दिनु उचित भए पनि उत्कृष्ट प्रतिभा पलायनलाई प्रोत्साहन गर्नु दीर्घकालीन विकासका लागि हानिकारक हुन सक्छ । केही व्यक्तिको अन्तर्राष्ट्रिय सफलताप्रति गर्व गर्नुको सट्टा राष्ट्रको समग्र उन्नतिका लागि संरचनागत सुधारलाई प्राथमिकता दिन आवश्यक छ ।

अमेरिकामा एच–१ बी बहस आप्रवासन नीति र आर्थिक तथा जातीय÷नश्लीय चिन्तासँग जोडिएको छ, जुन कहिलेकाहीँ विभेदका रूपमा प्रकट हुन्छ । यस्ता मुद्दा समाधान गर्नु अमेरिकी नागरिक र नीति–निर्माताको जिम्मेवारी हो । तर, भारतका लागि मुख्य प्रश्न एच–१ बीको संरक्षण होइन, बरु किन विश्वस्तरको प्रतिभा उत्पादन गर्न सक्ने देशले आफ्नै नागरिकलाई पर्याप्त अवसर दिन सक्दैन भन्ने हो । स्मरण रहोस्, ७५ प्रतिशत एच–१ बी भिसा धारक भारतीय छन् । भारतले आफ्नो प्रतिभा पलायनलाई उत्सवका रूपमा हेर्छ । भारतीय मूलका प्रमुख कार्यकारी अधिकृत र उच्च रेमिट्यान्सलाई राष्ट्रिय गर्वका रूपमा प्रस्तुत गरिन्छ । तर, यो भाष्यले संरचनागत कमजोरी लुकाउँछ, जसले सरकारलाई आवश्यक सुधार र बृहत् मध्यम वर्गीय सफलताका लागि अवसर विस्तार गर्ने जिम्मेवारीबाट उम्किन मद्दत गर्छ ।

एच–१ बी प्रणाली प्रतिभा पलायनको स्पष्ट उदाहरण हो, जसको मूल्य भारतले चुकाउँदै आएको छ । रेमिट्यान्स वृद्धि, ग्लोबल सञ्जाल विस्तार र भारतको सौम्य शक्तिलाई बलियो पार्नेलगायत लाभ देखिए पनि गहिराइमा हेर्ने हो भने असन्तुलन स्पष्ट छन् । भारतले आइआइटीजस्ता सार्वजनिक संस्थामार्फत उत्कृष्ट प्रतिभा उत्पादन गर्न ठुलो लगानी गर्छ, तर यसको प्रत्यक्ष लाभ उठाउन सक्दैन, जबकि अमेरिकाले कुनै खर्च नगरिकनै उत्कृष्ट भारतीय प्रतिभा उपयोग गर्छ । 

एच–१ बी कथा मुख्यतः वर्गीय विशेषाधिकारको कथा बनेको छ, जहाँ व्यक्तिगत सफलताको उत्सवले गम्भीर प्रणालीगत असमानता लुकाउँछ र प्रतिभाले स्वाभाविक रूपमा आफ्नो बाटो पहिल्याउँछ भन्ने भ्रमलाई बल दिन्छ । तर, वास्तविक सफलता निर्धारणमा उच्च शिक्षालय, सशक्त सञ्जाल र संसाधन पहुँचजस्ता संरचनागत लाभलेमहत्वपूर्ण भूमिका खेल्छन् । समर्थक एच–१ बी अवसरले भारतमा शिक्षामा प्रेरणा थप्छ र प्रतिभा पलायनको भय बढाइचढाइ गरिएको दाबी गर्छन् । यद्यपि विदेशमा अवसर र शैक्षिक महत्वाकांक्षाबिचको सम्बन्ध सत्य भए पनि यो तर्क अपूरो छ । विदेशी अवसरमा निर्भर रहनुले बलियो शिक्षा र रोजगारी प्रणाली निर्माण गर्ने जिम्मेवारी उपेक्षित हुन्छ । विश्वव्यापी अवसरले चाहना बढाउन सक्छ, तर गुणस्तरीय शिक्षामा पहुँच अझै सीमित छ, अर्थात् कडा प्रतिस्पर्धा, परीक्षा प्रश्नपत्र चुहावट, भ्रष्टाचार र विद्यार्थी आत्महत्या यसका प्रमाण हुन् । 

भारतका युवा पलायनको वास्तविक मूल्य प्रतिभा पलायनभन्दा बाहिर छ । यसले बाह्य क्षेत्रमा ध्यान केन्द्रित गर्ने मानसिकता विकास गर्छ, जसले घरेलु सुधारको आवश्यकता घटाउँछ र सरकारले समान अवसर एवं विकास र नवप्रवर्तनको अनुकूल वातावरण सिर्जना गर्ने जिम्मेवारीलाई उपेक्षा गर्न मद्दत गर्छ । प्रश्न भारतीय विश्वस्तरमा सफल हुन सक्छन् वा सक्दैनन् भन्नेमा होइन, उनीहरू निःसन्देह सफल हुन सक्छन् । तर, यो सफलता आन्तरिक रूपमा र सबै जनताका लागि समान रूपले किन सम्भव हुँदैन भन्ने प्रश्न उठ्छ ।

भारत प्रतिभाको सागर हो, तर यसले निकै कम विश्वव्यापी रूपमा प्रतिस्पर्धी कम्पनी वा नोबेल पुरस्कार विजेता उत्पादन गरेको छ । समस्या व्यक्तिगत क्षमता होइन, बरु बलियो संस्थागत संरचनाको अभावमा छ । अर्थात्, स्थिर शासन, पारदर्शी नियमावली, पहुँचयोग्य पुँजी र विधिको शासन । ज्ञानको कदर गर्ने र अनुसन्धानमा लगानी गरेर नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने वातावरण पनिमहत्वपूर्ण छ । यी कमीले घरेलु नवप्रवर्तन र उद्यमशीलतामा अवरोध पु¥याउँछन्, जसका कारण भारतले रुपान्तरणकारी नवप्रवर्तन विकास गर्न सक्दैन । यो प्रवृत्ति उदाहरणका लागि हालैको भारतको वैश्विक एआई प्रतिस्पर्धाको अनुपस्थितिमा प्रकट भयो ।

भारतको वास्तविक चुनौती भनेको यसको महत्वाकांक्षाको ऊर्जालाई प्रणालीगत सुधारको आन्दोलनमा रुपान्तरण गर्नु हो । रेमिट्यान्स, लगानी, र प्रतिष्ठाका लागि प्रवासी समुदायमा अधिक ध्यान केन्द्रित गर्दा घरेलु संस्थाको विकास कमजोर बन्न सक्छ । आफ्ना उत्कृष्ट प्रतिभा पलायनको उत्सव मनाउनुको साटो भारतले यस्तो वातावरण सिर्जना गर्न ध्यान दिनुपर्छ, जसले विदेश जानुभन्दा देशमै बस्न आकर्षण होस् । यसका लागि प्राथमिकतामै परिवर्तन आवश्यक छ । शिक्षाको गुणस्तर सुधार्नु, पूर्वाधारको पहुँच विस्तार गर्नु, शासनलाई सरल बनाउनु र नवप्रवर्तनका लागि अनुकूल वातावरण प्रवद्र्धन गर्नुमहत्वपूर्ण छ । साँचो ‘आत्मनिर्भरता’ तब मात्र सम्भव हुन्छ, जब सबै भारतीय देशको सीमाभित्र आफ्नो क्षमता पूरा गर्न सक्षम हुन्छन् । 

राष्ट्रिय प्रगति कति नागरिकले विदेशमा सफलता प्राप्त गरे या भारतसँग कति अर्बपति छन् भन्नेले देखाउँदैन, बरु नागरिकले आफ्ना आकांक्षा घरमै पूरा गर्न सक्छन् वा सक्दैनन् भन्नेले देखाउँछ । जबसम्म भारतले आफ्ना प्रणालीगत चुनौतीलाई सम्बोधन गर्दैन, तबसम्म वैश्विक सफलता कथाको गणना गर्ने, तर घरेलु रूपमा तिनलाई पोस्न आवश्यक अवस्थालाई उपेक्षा गर्ने यो विरोधाभासमा फसिरहनेछ ।

(गुप्ता फ्युचर अफ इन्डिया फाउन्डेसनकी कार्यकारी निर्देशक हुन्) 
द इन्डियन एक्सप्रेसबाट