Skip This
सांस्कृतिक धरोहरको क्षति नहुने गरी केबलकार निर्माण गर्नुपर्नेमा कांग्रेसको जोड
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८१ माघ १८ शुक्रबार o८:१५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सांस्कृतिक धरोहरको क्षति नहुने गरी केबलकार निर्माण गर्नुपर्नेमा कांग्रेसको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o८:१५:oo

कांग्रेस ताप्लेजुङले ‘पहिचान पनि नमेटिने र सबैको अस्तित्व समाप्त नहुने गरी’ सहमतिमा पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत कांग्रेसले पहिलोपटक पाथीभरामा केबलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस ताप्लेजुङ सभापति गजेन्द्रप्रसाद तुम्याहाङले केबलकार निर्माण पक्ष र आन्दोलनरत पक्ष दुवैतर्फबाट भएको द्वन्द्वले सामाजिक सद्भावमा खलल पुग्ने भएकाले सहमति, सहकार्य र वार्ताबाट मात्र सबै किसिमका विकास निर्माणका काम सम्भव हुने उनले बताए ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा पाथीभरा क्षेत्रमा सौन्दर्य, प्रकृति र शक्तिलाई बाधा नपर्ने गरी शान्तिपूर्ण ढंगले केबलकार निर्माण गर्नुपर्ने जनाएको छ । विज्ञप्तिमा धार्मिक र सांस्कृतिक स्थल रक्षामा लागेका आन्दोलनकारीलाई वार्ताको टेबुलमा आएर संवाद र सहमतिका माध्यमबाट अघि बढ्न आग्रह गरिएको छ ।

अनिश्चितकालीन बन्द–हडतालले जनजीवन अस्तव्यस्त भएको भन्दै कांग्रेसले उचित समयमा उचित निर्णय गरी विरोधका गतिविधि फिर्ता लिन आन्दोलनरत पक्षलाई आग्रहसमेत गरेको छ ।