मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १५ मंगलबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ १५ मंगलबार १६:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक २४ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ १५ मंगलबार १६:५८:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४.५० अंकले वृद्धि भई दुई हजार ६५७.७७ को विन्दुमा कायम भएको हो ।

आज ३२५ कम्पनीको एक करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९५ हजार ९७ पटक खरिद–बिक्री हुँदा रू. नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ४.०७ प्रतिशतले बढेको छ । बैंकिङ ०.२२, वित्त १.८८, होटेल तथा पर्यटन ०.६८, जलविद्युत् १.४९ र लगानी समूह एक प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा ०.०८, उत्पादन तथा प्रशोधन १.२३, लघुवित्त ०.४८, म्युचुअल फन्ड ०.१२, निर्जीवन बिमा ०.२८, व्यापार ०.२४ र अन्य समूह १.७४ प्रतिशतले बढेको छ ।

चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाइड्रोपावर लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा ८.४३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रु. ३८ करोड २१ लाख ३२ हजार एक सय ८७ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआइसी एसिया ग्रोथ फन्ड–२ को दश लाख तीन हजार तीन सय कित्ता सेयर खरिद–बिक्री भएको छ ।