मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ४ शुक्रबार
  • Saturday, 18 January, 2025
२o८१ माघ ४ शुक्रबार २o:o७:oo
Read Time : < 1 मिनेट
समाचार

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाणको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ४ शुक्रबार २o:o७:oo

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन्। सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न उनले आग्रह गरे । 

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरूलाई शुक्रबार भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाउन उनले आग्रह गरेका हुन् । सडक निर्माणका वेलामा यातायात आवागमनमा बाधा नपर्ने गरी काम गर्न पनि सुझाव दिए । 

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले ०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्ने गरी गत असारमा निर्माण व्यवसायीसँग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी दिए । उनले सवारी आवागमनमा असर नपर्ने गरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटरमध्ये २५–२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराए। 

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका इन्जिनियर जिगेशप्रसाद चौधरीले  आयोजनाको कुल लम्बाइ ५० किलोमिटर रहेको जानकारी दिए । जसमा सहरी क्षेत्रमा फुटपाथ तथा नालीसहित ५० मिटर, ग्रामीण क्षेत्रमा ३७ मिटर र वन क्षेत्रमा २४ मिटर चौडाइ सडक निर्माण गरिनेछ । 

  पूर्वगृहमन्त्री खाणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदीमा बाढीले भत्काएको नदीको तटबन्धन र बेडबारको स्थलगत अवलोकन  गरेका छन् । आफू सिँचाइमन्त्री भएका वेला कटान रोक्न तिनाउको दुवैतर्फ तटबन्धन गर्नुको साथै नदीको गहिराइ नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि बर्सेनि वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काइदिएको छ ।