काठमाडौंको बुढानीलकण्ठमा करेन्ट लागेर युवकको मृत्यु भएको छ। बुढानीलकण्ठ नगरपालिका–१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौं पेप्सिकोला बस्ने २७ वर्षीय रोसन माझीको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्याप्त सावधानी नअपनाउँदा नेपालमा करेन्ट लागेर दैनिकजसो एकजनाले ज्यान गुमाउने गरेका छन्।